ताजा अपडेट »

दलित तथा सिमान्तकृतका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड

शनिबार, ०२ असोज २०७८, २० : ५२
4 Shares

बुटवल । दलित तथा सिमान्तकृत समुदायका घटना प्रदान मात्रै नभई बिषय र कार्यक्रम केन्द्रीत सवाल मिडियाले उठाउनुपर्नेमा जोड दिइएको छ । जागरण मिडिया सेन्टरले बुटवलमा आयोजना गरेको शनिबार छलफल कार्यक्रममा सहभागी पत्रकारहरुले दलित समुदायका पिडामात्रै सार्वजनिक भएकाले सकरात्मक पाटोलाई पनि उजागर गर्नुपर्ने बताएका हुन ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले सामाजिक मुद्धा नेपाली पत्रकारिताको प्राथमिकतामा नपरेको बताए । सामाजिक रुपमा पिँधमा रहेको दलित तथा सिमान्तकृतहरुको सवाल सबैको साझा मुद्धा भएको बताउँदै दलितसँगै गैरदलित समुदायले यस्ता मुद्धालाई उठान गनुपर्ने उनले बताए ।

आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई समेट्दै लुम्बिनी प्रदेशले पत्रकारिता मार्फत सामाजिक न्यायका क्षेत्रमा नमूना काम गर्नुपर्ने पहाडीको सुझाव छ ।

उक्त अवसरमा पत्रकारहरु विष्णु घिमिरे, टिआर शर्मा, विनोद परियार, सिपि खनाल, सञ्जय सौगात, कपिल ज्ञवाली, टंक सुनार, प्रकाश आचार्य, विकास पराजुली लगायतले बोल्दै दलित तथा सिमान्तकृतको सवाल उठाउनका लागि सूचना, तथ्य र तथ्यांकहरु विश्लेषणलाई व्यवस्थित बनाउनुपर्ने बताए । साथै नियमित छलफल गरेर बिषयहरुको उठाउन गर्नुपर्नेमा जोड दिएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।