ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा व्याडमिन्टन कवर्ड हल उद्घाटन

शनिबार, ०२ असोज २०७८, २० : १८
4 Shares

बुटवल । मुलुक भर पछिल्लो समयमा कोरोना महामारीले गर्दा खेलकुदका प्रतियोगिताहरु हुन नसकेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ मधवलीयामा व्याडमिन्टन कवर्ड हलको उद्घाटन गरिएको छ । योसंगै रुपन्देहीमा सुविधासम्पन्न व्याडमिन्टन कवर्ड हलको संख्या १० पुगेको छ । कोरोनाले हरेक क्षेत्रलाई थला पारेकै समयमा रुपन्देहीमा थप अर्को व्याडमिन्टन कवर्ड हल स्थापना गरी शुभारम्भ गरिएको छ ।

रुपन्देहीको तिलोत्तमा १६ स्थित मधवलिया व्याडमिन्टन क्लवले निर्माण गरेको कवर्ड हलको शनिवार एक विशेष समारोहका बिच रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद छविलाल विश्वकर्माले शुभारम्भ गरेका हुन् । सो अवसरमा वोल्दै सांसद विश्वकर्माले खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता अपरिहार्य रहेको भन्दै प्रतियोगिता संचालन गर्न कवर्ड जरुरी रहने औल्याए । सबै उम्मेर समुहका खेलाडीले खेल्न मिल्ने खेल व्याडमिन्टन भएको समेत उनले औंल्याए ।

रुपन्देही जिल्लामा पछिल्लो समयमा व्याडमिन्टन खेलप्रति निकै आकर्षण बढेको भन्दै पंचकन्या ईन्डष्ट्रीजका उपाध्यक्ष धु्रव कुमार श्रेष्ठले स्वास्थ्य रहनका लागि खेलकुद अपरिहार्य रहेको औल्याए । उपाध्यक्ष श्रेष्ठले मधवलीयामा व्याडमिन्टन कवर्ड हललाई राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मिल्ने गरि प्याकेटिङ गर्नका लागि अन्तराष्ट्रिय स्त्तरको म्याट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य उमा अधिकारीले खेलकुदलाई राष्ट्रसंग जोडन सक्नु पर्नेमा जोड दिए ।

मधवलीया व्याडमिन्टन क्लवका अध्यक्ष केशव सिंह चौधरीको अध्यक्षतामा भएको कवर्डहल उद्घाटन तथा दोस्रो साधारण सभामा हेमा बराल, राजेन्द्र गुरुङ विष्णु थापा लगायतले खेलकुद र खेलाडीको संरक्षण र प्रोत्साहनका लागि राज्य गम्भिर हुन जरुरी रहेको धारणा राखेको थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।