ताजा अपडेट »

जसपाद्वारा पार्टी संगठन विस्तारमा जोड, एकै वडाको भेलामा ३ मन्त्री

शनिबार, ०२ असोज २०७८, १९ : ५७
6 Shares

भैरहवा । जनता समाजवादी पार्टीले आफ्नो संगठन विस्तार अभियानलाई तिव्र बनाएको छ । जसपा फुटेर गए पछि आफ्ना कार्यकर्तालाई एकिकृत गर्ने अभियान सहित अहिले पार्टीले वडा भेलालाई तिव्रता दिएको छ । पार्टी फुटेपछि अहिले संगठनलाई नया रुपमा लैजान वडा भेलालाई तिव्रता दिइएको नेताहरुको भनाई छ ।

पार्टीलाई नया सुदृढिकरण गर्न अहिले कार्यकर्ता मात्र नभई पार्टीका वरिष्ठ नेता र मन्त्रीहरु नै लागेका छन् । आज सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ उदयपुरबाट सुरु गरिएको नगर अन्तर्गतको भेलामा जसपाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने ३ जना मन्त्री नै सहभागी भएका थिए । वडा भेलामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री सहसराम चौधरी, मन्त्री सुमन रायमाझी र मन्त्री पूर्णमती ढेंगा मगर सहभागी रहेको थिए ।

कार्यक्रममा बोल्दै मन्त्री सहसराम यादवले यस क्षेत्रबाट प्रतिनिधित्व गरेका नेता सन्तोष पाण्डेलाई धेरै सम्झाउदा समेत आफ्नो केही नलागेको बताए । उनले पाण्डे सत्ताको लोभमा प्रतिगमनको मतियार बनेको र जनमतको अवहेलना गरेको जनाए । पाण्डेको कारण यस क्षेत्रमा पार्टीले जनताको बिश्वास नगुमाउनको लागी अझ शशक्त भएर लाग्नु पर्ने उनको जिकिर थियो । जनताल जसपालाई बिश्वास गरेको र जसपालाई निर्वाचित गराएकोले त्यो बिश्वास कायम राख्न कार्यकर्तामा आग्रह गरे ।

जसपाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-९ उदयपुर भेलाले जावेद आलमको अध्यक्षतामा नया ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुमित जयसवाल र दिपेन्द्र कुमार चौधरी, सचिवमा अजय जयसवाल र कोषाध्यक्षमा अहमद अन्सारी चयन भएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा