ताजा अपडेट »

किशोरी अधिकार मञ्च रुपन्देहीको अध्यक्षमा सुनिता

शनिबार, ०२ असोज २०७८, १९ : ५०
4 Shares

भैरहवा । जिल्ला स्तरीय किशोरी अधिकार मञ्च, रुपन्देही अध्यक्षमा सुनिता हरिजन चयन भएकी छन् । मञ्चको शनिबार भैरहवामा सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट आगामी दुई वर्षका लागि हरिजन अध्यक्षमा चयन भएकी हुन् । अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा रञ्जु पासी, सचिवमा रीता चौधरी, सह–सचिवमा , कोषाध्यक्षमा शालिनी मिश्रा चयन भएका छन् । यस्तै, सदस्यहरुमाइन्द्रावतीयादव, पुजा तेली, कृत्रिमाविक, समीक्षाविक चयन भएका छन् ।

मञ्चमा आबद्ध किशोरीहरुले सामाजिक सुरक्षा, महिला हिंसा, प्रजनन्, महिनावारी, किशोरी अधिकार, लैंगिक समानता, क्षमता विकास लगायतका क्षेत्रमा काम गर्छन् । किशोरीहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्यले २०७५ मा मञ्च गठन गरिएको थियो ।

हाल जिल्लाका १६ वटा स्थानीयतह र वडाहरुमा मञ्चको समिति गठन गरिएको महिला पुनःस्थापना केन्द्र नेपाल (ओरेक नेपाल) की कार्यक्रम अधिकृत धनकुमारी चौधरीले जानकारी दिइन् । मञ्चलाई केयर नेपाल र ओरेक नेपालले समन्वयको भूमिकामा सहयोग गर्दै आएको छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले किशोरी अधिकार स्थापित गरी हाम्रो समाजमा छोरीलाई अगाडि बढाउन मञ्चले महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले धेरैभन्दा धेरै किशोरीहरुलाई गोलबन्ध गरी सामाजिक अधिकार र न्यायको क्षेत्रमाकाम गर्न सुझाव दिइन् । मञ्चकै कारण कयौंकिशोरी समाजमा स्थापित भएको उनले जनाइन् ।

कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, महिला मानव अधिकार रक्षक रुपन्देही उपाध्यक्ष कल्पना तिवारी, सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष समिता मल्ल, ग्रिनयुथ अफ लुम्बिनी अध्यक्ष अर्जुन कुर्मी लगायतले बोल्दै मञ्चले किशोरीहरुको क्षमता विकास र छोरी शिक्षाका लागि खेलेको भूमिका सह्रानीय रहेको बताए । पुष्पा हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमती हरिजन, महिला तथा बालअधिकार संजालका सुनिल त्रिपाठी लगायतको आतिथ्यता थियो । कार्यक्रम रञ्जु पासी र शालिनी मिश्राले संचालन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।