ताजा अपडेट »

रुपन्देहीको मर्चवारी उपाध्यक्ष सुनिता सम्मानित

शनिबार, ०२ असोज २०७८, १८ : २८
2 Shares

बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार सम्मानित भएकी छन् । शनिबार एक कार्यक्रमका बीच रुपन्देही यूवा समूहले कोरोना रोकथाम र नियन्त्रणमा उतुलनीय सहयोग पुर्याएको भन्दै कलवारलाई सम्मान गरेको हो ।

कलवारलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, यूवा समूहका संस्थापक आनन्द प्रसाद गुप्ता, कार्यक्रम संयोजक अभिषेक जैसवाल,यूवा समूहका अध्यक्ष बिशाल गुप्ता लगाएतले खादाँ र प्रमाणपत्रले सम्मान गरेका हुन् । उनी सँगै अन्य १५ जना पनि सम्मानित भएको समूहका अध्यक्ष विशाल गुप्ताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।