ताजा अपडेट »

समाजवादी प्रेस सङ्गठन दर्ता प्रक्रियामा

शनिबार, ०२ असोज २०७८, १४ : ३५
4 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । 

सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ । केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय सञ्चालन गरिने सङ्गठनका संयोजक शम्भु श्रेष्ठले जानकारी दिए । उक्त विधानअनुसार सङ्गठनको संरचनामा अध्यक्ष एक, उपाध्यक्षमा वरिष्ठ, महिला, समावेशी, प्रादेशिक, उपत्यका र एशोसिएट गरी १२ पदको व्यवस्था छ । 

महासचिव एक, उपमहासचिव दुई, सचिवमा समावेशी महिलासहित पाँच र कोषाध्यक्ष एक रहने संरचना बनाइएको छ । लेखा र अनुशासन आयोगमा दुई अध्यक्ष पदको सिर्जना गरी ती पदेन अध्यक्षलाई पदाधिकारीमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा विधान दर्ताको प्रक्रियामा रहेकाले त्यसको प्रक्रिया पूरा भएपछि आगामी असोजभित्रै घोषणासभा गरिने श्रेष्ठले बताए ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।