ताजा अपडेट »

दीर्घकालीन सहकारीमा ६ करोड भन्दा बढी बचत

शनिबार, ०२ असोज २०७८, १४ : ०८
6 Shares


बुटवल । दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमीटेडको ११ औ साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभामा बुुटवल उपमहानगरपालीकाका सहकारी प्रमुुख गुुनाखर खनालले दिर्घकालीन सहकारीले बित्तीय अनुुसासनको पालना गर्दे सर्बसाधारण नागरीकको सानो बचतबाट जिबनस्तर उठाउने काम गरेको बताए ।

सहकारीको मर्म र भाबना अनुुसार यसरी काम गर्न सकेमा सम्बृद्ध नेपाल निर्माणमा यस्ता पुुंजिहरुले सहयोग पुुर्याउने बताए ।कार्यक्रममा बुुटवल उपमहानगरपालीका वडा न २ का वडा अध्यक्ष रमेश नेपालले गरीब निमुुखाले जोगाएको बचतलाई सही सदुुपयोग गर्न सहकारीलाई अनुुरोध गर्दे यसका माध्यमबाट बचत मात्र नभएर यसबाट साना साना आय आर्जनका काममा पनी लाग्न बचत कर्तालाई आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार राजकुुमार श्रेष्ठ,खेम प्रशाद गौतम,वडा न १ का जनप्रतीनीधी मदन कुुमार श्रेष्ठ,उजीरसिह माबीका प्राचार्य पदम ज्ञवाली, शेयर सदस्यका तर्फबाट बाबुुराम पोख्रेल,र सृजना सुुनारले आफुुहरु खुुसी नै रहेको बताएका थिए । साधारण सभाकै अबशर पारेर सो सहकारीले उजीरसिह माबीको प्रांगणमा बृक्षारोपण समत गरेको छ । कार्यक्रमा संस्थाका अध्यक्ष हिक बहादुुर दर्लामीको बार्षीक प्रतिवेदन, लेखा संयोजक हेम बहादुुर थापाको लेखा प्रतीबेदन,कोषाध्यक्ष दिपक खड्गीले आय ब्यय प्रतीबेदन पेश गरे ।

शेयर पुुंजी १ करोड ८१ लाख २० हजार रहेको छ भने कुुल बचत ६ करोड १८ लाख २१ हजार ६८० हरहेको छ । हाल यस संस्थामा ६७६ शेयर सदस्य रहेका छन् । यस संस्थाले धितोमा १० लाख सम्म आफ्ना सदस्यलाई ऋण प्रदान गर्दे आएको छ र यसका माधयमबाट सदस्यहरुले आय आर्जनका कामहरु समेत गर्दे आएको अध्यक्ष हिक बहादुुर दर्लामीले बताए । कार्यक्रम जिबन छन्त्यालको स्वागत संस्थाका उपाध्यक्ष तथा यानुु पुुनको संचालनमा सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।