ताजा अपडेट »

कांग्रेस महाधिवेशन : सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्नेमा जोड

शनिबार, ०२ असोज २०७८, १३ : ४७
8 Shares

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले कांग्रेसको १४ औं महाधिवेशनलाई गुट र उपगुट समाप्त पारि सम्पन्न गर्नुपर्नेमा जोड दिएकी छन् ।
शनिबार नेपाली कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क सदनले बुटवलमा आयोजना गरेको क्षेत्रीय प्रतिनिधिहरु छलफल कार्यक्रममा उनले जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको उच्च भुमीका रहने बताईन् ।

क्षेत्रीले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिईन् । क्षेत्रीले कांग्रेसको आसन्न १४ औं महाधिवेशनले समय नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरिन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सदस्य माधव भुसालले कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने पार्टी रहेको बताउँदै विधिको शासन अवलम्वन गरेर पार्टीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेस पाणिनी गाउँपालिका वडां नं. ४ का सभापति धर्मराज घिमिरे, ट्रेड युनियन कांग्रेस अर्घाखाँचीका सभापति सुमन्त बस्याल,  नेपाली कांग्रेस अर्घाखाँची-कपिलवस्तु सम्पर्क समाजका सभापति तुल्सीराम घिमिरे, मैदान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर घिमिरे, नेविसंघ अर्घाखाँची- रुपन्देही सम्पर्क समितिका सभापति ठाकूर घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम कांग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क सदनका सभापति तुल्सी भुषालको अध्यक्षता र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।