ताजा अपडेट »

नेपालमा विश्वका १९३ राष्ट्रका राष्ट्रिय फूलको बगैँचा

शनिबार, ०२ असोज २०७८, ११ : ५३
2 Shares


काठमाडौँ । विश्वका १९३ राष्ट्रका राष्ट्रिय फूलका बोट रोपण र झण्डा फहराएर नेपालमा इकोलोजिकल हब्स पार्क (पारिस्थितिकीय जडीबुटी बगैँचा) निर्माण गरिने भएको छ । काठमाडौँको जगडोलस्थित राष्ट्रिय शहीद तथा निजामती पार्कभित्र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले सो पार्क निर्माण गर्न थालेको हो ।

आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीका अनुसार युनेस्को सबै सदस्य राष्ट्रको अध्ययन अनुसन्धान र पहिचान नेपालमा प्रदर्शन गर्ने उद्देश्यका साथ यो महìवकाङ्क्षी योजना अघि बढाइएको हो । सो जडीबुटी बगैँचा निर्माणका लागि आयोगको सचिवालयले गुरुयोजना निर्माण गरिसकेको छ । चालू आर्थिक वर्षको बजेटमा नेपाल सरकारले बहुवर्षीय योजना घोषणा गरेर बजेट विनियोजन गरेको छ ।

विश्वका सबैजसो राष्ट्रको राष्ट्रिय फूलका बोट र झण्डा फहराएर निर्माण गरिएको बगैँचा हेर्नका लागि विदेशी पर्यटकलाई अनिवार्य गरिने योजना सरकारले बनाएको छ । राष्ट्रिय फूल, झण्डाको साथै ती राष्ट्रका नागरिकको जीवनशैली झल्किने खालका सामग्री राखिने भएका छन् । डा. अधिकारीले भने, “नेपाल आउने विदेशी पर्यटकलाई सो बगैँचा अनिवार्य रूपमा घुम्ने, अध्ययन गर्ने व्यवस्था मिलाउन नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी एसोसिएसनसँग समन्वय गरिनेछ । त्यसले गर्दा नेपालमा पर्यटकको बसाइ लम्ब्याउन सकिनेछ ।’’
सो पार्क क्षेत्रभित्रै सार्क राष्ट्रका कला, संस्कृति, धर्म, भाषा, जीवन शैली झल्किने सार्क बगैँचा पनि निर्माण गर्ने योजना सचिवालयले बनाएको छ ।

जसले गर्दा विश्वका अन्य मुलुकजस्तै सार्क राष्ट्रबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि यो बगैँचा आकर्षणको केन्द्र बन्ने सक्ने विश्वास गरिएको छ । यस्तो महìवाकाङ्क्षी योजना निर्माणका लागि स्वीकृत गुरुयोजनाअनुसार आयोगको सचिवालयले स्थानीय सरकारसँग समन्वय गरिरहेको छ । स्थानीय सरकारले सचिवालयले निर्माण गरेको गुरुयोजनाअनुसारको पर्यटन विकाससँग सम्बन्धित योजना निर्माणका लागि सहकार्य गर्ने भएको जानकारी डा. अधिकारीले दिए ।

नेपालको हावापानी तथा माटोमा युनेस्कोका सदस्य राष्ट्रका राष्ट्रिय पुष्प वृक्षहरू हुर्किन सक्छन् कि सक्दैनन् भन्ने चुनौती रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।