ताजा अपडेट »

मन्त्रिपरिषद् विस्तारकाे विषय एक हप्ता भित्र टुङ्गाे लाग्छ: नेपाल

शुक्रबार, ०१ असोज २०७८, १२ : २२
8 Shares

काठमाडौं । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन भएको छ । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान १० बजे कार्यालयको उद्घाटन गरेका हुन् ।

झण्डै दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको विषयमा पत्रकारहरुसँग बोल्नुहुदै अध्यक्ष नेपालले यस विषयमा एक हप्ताभित्र टुंगो लाग्ने बताए । असोज ४ गते प्रतिनिधिसभाको बैठक बस्दैछ, आशा गरौ, एक हप्ताभित्र सरकार र सदन लगायत सबैको टुंगो लाग्छ, नेकपा ९एस० का अध्यक्ष नेपालले बताए ।

कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा (एस) देशभक्तिपूर्ण स्वाभिमानी शक्तिको रुपमा उभिने दाबी गर्नुभएको छ । नेकपा एमालेमा वैचारिक विचलन आएको बताउँदै उनले नेकपा (एस) नविन सोच र मान्यताका साथ अघि बढ्ने बताए । नेपाल नेतृत्वको नेकपा (एस) क्षितिजको नयाँ चम्किलो ताराको रुपमा उदाएको र यसले आमनागरिक र युवा वर्गमा आशा देखाएको उनले बताए ।

पार्टी र आन्दोलनको रक्षामा सधै समर्पित हुने बताउँदै नेता नेपालले राजनीतिक तथा सबै क्षेत्रमा देखिएको विकृति र विसंगति हटाउन दृढतापूर्वक उभिने बताए । यसैक्रममा, आगामी दिनमा सत्ता पक्षसँग सामेल भएरै अगाडि बढ्ने र सातै प्रदेशको सरकार सञ्चालनमा सहभागी हुने अध्यक्ष नेपालले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।