ताजा अपडेट »

खोलामा ट्रक खस्यो, चालकको मृत्यु

शुक्रबार, ०१ असोज २०७८, १२ : १९
8 Shares

तनहुँ । तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खसेको हो । शुक्रबार सबेरै विहान साढे १२ बजे दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । ट्रकमै च्यापिएको अवस्थामा चालक मृत भेटिएका हुन् । अन्दाजी २८ वर्षीय उनको पहिचान खुलेको छैन । 

यस्तै, ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते भएका छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ । ट्रकले होङशी सिमेन्ट बोकेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।