९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

काठमाडौं । सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।२३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले निरन्तर अवरोध गरिरहेको छ । माधव नेपालसहित १४ सांसदको कारवाहीसम्बन्धी सूचना टाँस गर्नुपर्ने र गैरसांसदलाई सदनमा उपस्थित गराउन नहुने र सभामुखले माफी माग्नुपर्ने एमालेको अडान छ ।

Advertisement

यो बीचमा सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएर सदन खुलाउने प्रयास गरेका थिए । तर माधव नेपाललाई संसदीय दल (नेकपा एकीकृत समाजवादी) को हैसियतमा बैठकमा बोलाएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।सभामुखको पहलबाट प्रतिपक्षीसँग सम्वाद नभएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधि खटाएका छन् । देउवाले सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुन: बालकोट पठाएका हुन् ।

संसद अधिवेशन आह्वान हुनुअघि पनि देउवाले कार्कीलाई बालकोट पठाएर प्रतिपक्षीसँग सहयोग गर्न आग्रह गरेका थिए । बिहीबार फेरि कानुनमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट गएका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मन्त्री कार्कीले बालकोट पुगेर बिहीबार राती अध्यक्ष ओलीसँग भेटेको बताए । भेटमा सदनको गतिरोध अन्त्य गरेर बजेट प्रतिस्थापन विधेयक पारित गर्न सघाउन कार्कीले आग्रह गरेका थिए । ओलीले भने आफूहरुको माग सम्बोधन नभएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका थिए ।एमालेको अवरोधका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरिसकेको छ । विधेयकलाई अगाडि बढाउन ४ असोजमा संसद बैठक बोलाइएको छ । 

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

सुस्तामा नेपाल–भारत सीमा छुट्टयाउन माग एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व एमाले महाधिवेशन : शुद्धोधनमा गौतम प्रेस सेन्टर दाङको अध्यक्षमा शर्मा स्वाधिनताको रक्षा अबको ‘मिशन’ : महरा एमाले महाधिवेशन : बुटवल उपमहानगरको अध्यक्षमा ज्ञवाली मंसिरभित्रै महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका बनाउन देउवाको निर्देशन एमाले महाधिवेशन : लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद एमाले महाधिवेशन : सैनामैना नगर अध्यक्षमा न्यौपाने सर्वसम्मत बुटवलबाटै लुम्बिनी प्रदेश सरकार सञ्चालन रुपन्देहीमा ३ लाख बढीका अवैध पटाका बरामद बढी संक्रमित हुनेमा पत्रकार : महासचिव पुरी पीडितलाई घरमै पुगेर राहत वितरण प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने आधार छन्, तर माओवादीले सोचेको छैन: बिडारी प्रधानन्यायाधीशमात्र होइन पाँचै न्यायाधीशलाई कारबाही हुनुपर्छ : एमाले नेता बडाल कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन : भट्टराई भिरबाट लडेर एक जनाको मृत्यु मुटुरोगी पार्वतीको पीडा : ६ लाख उपचार खर्च कहाँबाट ल्याउनु ? न्यायालयमा साँढेको जुधाइ, बाच्छाको मिचाइ राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली