ताजा अपडेट »

रातभरको वर्षाले कस्ता छन् लुम्बिनीका सडक ?

शुक्रबार, ०१ असोज २०७८, ०८ : ५६
6 Shares

बुटवल । केही समयपनि पानी पर्दा अवरुद्ध हुने लुम्बिनी प्रदेशका धेरैजसो सडकहरू आज भने सुचारु रहेका छन् । सामान्य वर्षा होस या धुले पहिराले अवरुद्ध हुने बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा कुनै समस्या नभएको प्रहरीले जनाएको छ । 

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले रातभर वर्षा भएपनि मुख्य सडकहरूमा कतै अवरोध नभएको जनाएको छ । साना एवं भित्री सडकहरूमा पानी भरिएपनि मुख्य सडकमा समस्या नरहेको प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म कुनै समस्या नभएपनि सर्तकता अपनाएर मात्रै हिँडडुल गर्न पनि प्रहरीले आग्रह गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।