ताजा अपडेट »

७५० स्थानीय तहमा पुगे बैंक

शुक्रबार, ०१ असोज २०७८, ०७ : ३२
8 Shares

काठमाडौँ । वाणिज्य बैंकहरूले ७ सय ५० स्थानीय तहमा शाखा पुर्‍याएका छन् । मुलुकमा २७ वाणिज्य बैंक छन् ।

वाणिज्य बैंकले अब ३ वटा स्थानीय तहमा मात्र शाखा खोल्न बाँकी छ । धादिङको रुविभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ।बैंक तथा वित्तीय संस्थाहरूले पहुँच विस्तार गरी मुलुकभर १० हजार बढी शाखा पुर्‍याएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनसम्ममा वाणिज्य बैंकका शाखा सञ्जाल ४ हजार ८ सय ९२ पुगेको छ। यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमै रहेका छन्। १८ विकास बैंकहरूका पनि मुलुकभर १ हजार २९ वटा शाखा छन्। यस्तै सञ्चालनमा रहेका १७ वटा वित्त कम्पनीहरूको शाखा सञ्जाल २ सय ६४ छ। पछिल्लो समय मर्जर तथा प्राप्तिपछि साउनसम्ममा ६२ वटा पुगेका लघुवित्त वित्तीय संस्थाहरूको शाखा संख्या ४ हजार ६ सय ९५ पुगेको छ।

यसरी समग्रमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल १० हजार ८ सय ८० पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।