ताजा अपडेट »

सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला

शुक्रबार, ०१ असोज २०७८, ०७ : २८
4 Shares

परासी। पश्चिम नवलपरासीको सुस्तामा भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिका नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैंडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरेका थिए ।

मृत रहेको भाले गैंडालाई सशस्त्र सुरक्षा शाखा क्याम्प बडेरा पश्चिम नवलपरासीमा पठाएको सब बन डिभिजन कार्यालय प्रतापपुर सुस्ताका निमित्त प्रमुख चीन बहादुर यादवले बताएका छ्न् ।

निमित्त प्रमुख यादवको अनुसार सो गैंडा बृद्धअबश्था भएको कारणले पानीले बगाएर मरेको हुन सक्ने बताए ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल