५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

बुटवल । रुपन्देहीमा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आगलागी हुँदा गम्भीर घाइते भएकी थिइन् ।

Advertisement

आगोलागीबाट गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको थिए । थारुको उपचारको क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए ।

माइति पक्षले ज्वाईले आगो लगाए छोरीको हत्या गरेको भन्दै प्रहरीमा बुधबार जाहेरी दिएका थिए । माइती पक्षले हत्या भएको भन्दै प्रहरी समक्ष जाहेरी दिए पछि प्रहरीले सिताका श्रीमान् २९ वर्षीय रञ्जित थारुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरीक्षक रिजालले बताए ।

‘माइती पक्षबाट हत्या भएको भनेर जाहेरी दर्ता भएको छ ।’ प्रहरी निरीक्षक रिजालले भने ‘प्रहरीमा जाहेरी दर्ता भए लगत्तै मृतक सिताका श्रीमान्लाई बुधबार नै पक्राउ गरिएको छ र आवश्यक अनुसन्धान गर्नका लागि अदालतबाट ५ दिनको म्याद लिएको लिएका छौँ।’

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा थपिए ७०८ कोरोना संक्रमित, ११ जनाको मृत्यु जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो