ताजा अपडेट »

बलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भिर घाइते

विहीबार, ३१ भदौ २०७८, १२ : १९
6 Shares

रामेछाप । रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । काठमाडौंदेखि ओखलढुंगातर्फ जाँदै देश ३–०१०२३ च ३५१३ नम्बरको डबल क्याप बलेरो जीप आज बिहीबार बिहान ९ बजे मन्थली नगरपालिका– ६ हात्तिसारस्थित कुनौलीमा दुर्घटना भएको हो।

जीपमा सवार चार जनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडि धनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्वा शेर्पा गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। अप्ठेरो बाटोमा तीब्र गति भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।