ताजा अपडेट »

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

विहीबार, ३१ भदौ २०७८, १० : ३६
4 Shares

चीन। चीनमा शक्तिशाली भूकम्प गएको छ। सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ।बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ। 

अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ। भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित भएको जनाइएको छ। सो क्षेत्रमा केही संरचना भत्किएका छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।