२३ असार २०७९, बिहीबार

Jul 7, 2022

एजेन्सी । कोभिड पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका विरामी कहिले डिस्चार्ज हुन्छन् ? सामान्यतया दुई सातादेखि बढीमा एक महिनामा अस्पतालबाट फर्किन्छन् । तर, भारतका एक कोभिड बिरामी एक सय तीस दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

Advertisement

विश्वास सइनीमा २८ अप्रिलमा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी घरमै आराम गरे । केही दिनपछि उनलाई झन् गाहो भयो । अवस्था गम्भिर भएपछि उनलाई स्थानीय नुतीमा अस्पतालमा भर्ना गरिएको थियो । 

अवस्था नाजुक भएकोले उनी लामो समय अस्पताल बस्नु परेको उनको उपचारमा संलग्न डा. अभनित राना बताउँछन् । ‘उनलाई २८ अप्रिलमा कोभिड भएको रहेछ । सुरुमा उनलाई घरमा राखिएको रहेछ । तर उनको अवस्था गम्भिर भएपछि अस्पताल ल्याइएको पाइयो । उनलाई हामी झन्डै एक महिना भेन्टिलेटरमा राखेर उपचार गर्यौ । उनमा अक्सिजनको तह १६ पुगेको थियो । ’, डा. रानाले भने । बिरामीमा ठूलो इच्छाशक्ति भएकोले ढिलै भए पनि कोभिड पराजित गरेको चिकित्सकको भनाई छ । 

एक सय तीस दिनपछि अस्पतालबाट डिस्चार्ज भएपछि विश्वास दंग छन् । ‘लामो समयपछि घर आउन पाउँदा खुसी त लाग्ने नै भयो नि !’ उनी भन्छन् । आफू नजिकैको बेडको बिरामी संक्रमणका कारण मृत्यु हुँदा उनी नझस्किएका होइनन्, तर, पनि उनी धैर्य रहे । 

उनको उपचारमा खटिएका चिकित्सकका अनुसार विश्वासको अवस्था अहिले स्थिर छ र उनले औषधी खाइरहेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग हैजाबाट जोगिन व्यक्तिगत सरसफाइमा ध्यान दिन एनआरएनएको आग्रह ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय २८ जना सवारी चालक कारवाहीमा