१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

काठमाडौ ।अधिकांश मन्त्रालय मन्त्रीविहीन रहेका कारण सिंहदरबारमा आउने अधिकांश सेवाग्राही रित्तो हात फर्किन बाध्य भएका छन् ।महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारका अनुसार सिंहदरबारमा दैनिक ६ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । तर, मन्त्रालय मन्त्रीविहीन भएकाले अधिकांश सेवाग्राही रित्तो हात फर्किने गरेका छन् ।

Advertisement

कास्कीबाट पर्यटनसम्बन्धी काम लिएर बुधबार पर्यटन मन्त्रालयका आएका पेशल आचार्यले २ महिनादेखि आफ्नो फाइल मन्त्रालयमा अड्किएको बताए । उनी भन्छन्,  ‘सचिवज्यूले मन्त्री नआई फाइल सदर हुँदैन भन्नुहुन्छ, अझै मन्त्री कहिले आउने हो थाहा छैन, मन्त्री नहुँदा हामीजस्ता सेवाग्राहीले सास्ती झेल्दै छौं ।’ धेरैवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालयको नीतिगत फाइल सदर गर्नमै अहिले बढी समय लाग्ने गरेको बताइएको छ । 

मन्त्री नभएका सम्बन्धित मन्त्रालयका सचिवहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दौड्नुपरिरहेको छ । त्यसै गरी, मन्त्रालयबाट हुने नीतिगत निर्माणमा पर्याप्त छलफलसमेत हुन नसकेको मन्त्रालयकै कर्मचारीहरूको गुनासो छ । उनीहरू भन्छन्– ‘मन्त्री नभएपछि धेरै काम नै हुँदैन, आयो हाजिर गर्‍यो, त्यसपछि घरतिर लाग्यो ।’

मन्त्रालयमा आउने सेवाग्राहीलाई पनि मन्त्रालयका कर्मचारीले मन्त्री नभएकाले नीतिगत काम हुन नसक्ने भन्दै फर्काउने गरेका छन् । हुन त कर्मचारी महत्वपूर्ण कार्य भए तत्काल नै गर्नुपर्ने फाइल बोकेर प्रधानमन्त्रीज्यू समक्ष पुर्‍याएर सदर गराएर ल्याउने गरेको बताउँछन् । तर, सेवाग्राहीले भने हैरानी खेप्नुपरेको गुनासो गर्ने गरेका छन् ।

पाल्पाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम लिएर आएको पवन श्रेष्ठले पनि मन्त्रालयमा मन्त्री नहुँदा आफ्नो काम रोकिएको गुनासो गर्दै भने – ‘काम सानो छ, मन्त्री नहुँदा त्यही पनि ठूलो भएर बसेको छ ।’  यो खबर नेपाल समाचार पत्रमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा