ताजा अपडेट »

बालविवाह रोक्ने सन्देश सहित ‘आशु’ वृत्तचित्र निर्माण

विहीबार, ३१ भदौ २०७८, ०८ : ११
10 Shares

बुटवल । बालविवाह गर्नुहुँदैन भन्ने सन्देश दिन ‘आशु’ वृत्तचित्र (डकुमेन्ट्री) बनाइएको छ । विशेष गरी तराई–मधेशमा सामाजिक विकृतिका रुपमा रहेको बालविवाहको न्यूनीकरणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले १२ मिनेटको अवधि भाषामा वृत्तचित्र (सट फिल्म डकुमेन्ट्री) निर्माण गरिएको रुपन्देही घर भइ हाल दुवईमा रहेका अशोक साह गुप्ताले बताए । त्यस्तै दाइजोप्रथा हटाउनुपर्ने, महिला सशक्तिकरणमा जोड दिनुपर्ने र सचेतना बढाउनु वृत्तचित्रको उद्देश्य रहेको उनले बताए । एड फिल्मस् नेपालले ल्याएको वृत्तचित्र यूटुबमा हेर्न सकिने गुप्ताले बताए । ‘सानै उमेरमा विहे गर्दा महिला पुरुष दुवै विभिन्न अवसरबाट वञ्चित हुने गरेका छन्, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर छोराछोरीलाई आत्मनिर्भर बनाउनतर्फ अभिभावकले विशेष जोड दिनुपर्छ, ’उनले भने । सानै उमेरमा विवाह गर्दा विभिन्न समस्या आइपर्ने भएकाले उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने वृत्तचित्रले सन्देश दिन खोजेको उनले बताए ।

वृत्तचित्रमा अशोक शाह गुप्ताको शब्द रहेको छ भने निर्देशकको भूमिकामा रफिक खान रहे का छन् । त्यस्तै मुख्य कलाकारमा दिनेश कुमार गुप्ता, मधु गर्ड, जितेन्द्र मिश्रा, आलोक पाण्डे, अशोक कुमार, सर्वजित कुमार, शिशिर मिश्रा, कृष्ण गुप्ता, विनोद लोध, पूर्णवासी लोध, किस्लावती लोध, बुद्धिराम लोध, मान्ती लोध र निरज लोध रहेका छन् । त्यस्तै आवाजमा राहुल कसौधन र अब्दुल सलाम रहेका छन् । वृत्तचित्रको छांयाकन बाबा फोटो स्टुडियोका राजु यादवले गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।