Jul 7, 2022
काठमाडौ । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ। जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका लागि दरखास्त आह्वान गरेको हो।सेनाले अम मेडिकल पदमा १२२ जना मागेको छ भने सैनिक उपचारिकामा ६४ जनालाई जागिरको अवसर छ। सेनाले २२ जना पूजारी हुद्दा मागेको छ। त्योबाहेक भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, इलेक्ट्रोनिक्स लगायत पदमा भर्ना आह्वान भएको हो।
सेनाले खुला तथा समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि रक्षण सिटसहित आवेदन माग गरेको हो। सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सैनिकका सन्ततीका लागि पनि आरक्षणको व्यवस्था छ। इच्छुक उम्मेदवारले बिहीबारबाट ३१ असोजसम्म दरखास्त दिन सक्नेछन्। न्युज कारखाना
प्रतिकृया दिनुहोस्