ताजा अपडेट »

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल

बुधबार, ३० भदौ २०७८, २१ : ३४
4 Shares

अर्घाखाँची । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सहायक प्रमुख अधिकारी विनोद खनाल सर्वसम्मत चयन भएका छन् । बुधवार सन्धिखर्कमा सम्पन्न साधारण सभाले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वि.सं. २०७१ सालमा निजामती सेवाको नासु पदबाट सेवा प्रवेश गरेका खनाल २०७४ सालमै शाखा अधिकृत भएका हुन् ।

खनालले कर्मचारीहरुको सरसल्लाह र सुझावलाई ध्यानमा राखि रचनात्मक कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । यस्तै, साधारण सभाले उपाध्यक्षमा नारायण पोख्रेल, महिला उपाध्यक्षमा सृजना भुसाल सचिवमा गणेश राज पौडेल, सहसचिवमा निराजन शर्मा, कोषाअध्यक्षमा हरिषचन्द्र पान्डे र सदस्यहरुमा राजन पान्डे, उर्मिला केसी, कमल आचार्य, हरि डुम्रे, राजिब पन्थी तथा रवी अर्याल धर्मेन्द्र भिट्टालाई सर्बसम्मत चयन गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।