१४ माघ २०७९, शनिबार

Jan 28, 2023

मोरङ । प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज यहाँ विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ ।

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासीले आज साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९)अनुसार शपथ गराएका हुन् । यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराए । समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचार तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ९ जना बढी भिडका कारण घाइते, कार्यक्रम स्थगित पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ