११ माघ २०७८, मंगलवार

Jan 25, 2022

चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लामा सात स्थानीय तहहरूले कोरोना कहरको समयमा स्थानीयको उपचारका लागि भन्दै स्थानीय तहमै आइसोलेशन सञ्चालनमा ल्याएका थिए ।

Advertisement

सात स्थानीय तहमध्ये अहिले पाँच स्थानीय तहका अइसोलेशनमा बिरामीको सङ्ख्या शून्य छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशनमा सङ्क्रमितको सङ्ख्या शून्य छ ।

माडी नगरपालिकाको आइसोलेशनमा एक र कालिका नगरपालिकाको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिईन् । जिल्लाका सात पालिकाका आइसोलेशनमा र अस्पतालमा गरी ७१७ बिरामी अट्ने शय्यामा अहिले ४८ सङ्क्रमित छन् । भरतपुर अस्पतालमा ११० शय्या कोभिडका लागि छुट्याइएकामा हाल ३६ जना सङ्क्रमितको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा आठ कोभिडका बिरामीको उपचार भइरहेको छ । यस अस्पतालमा १३२ शय्या कोभिडका लागि छुट्याइएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमितको सङ्ख्या शून्य छ । यस अस्पतालमा २१० शय्या कोभिडको उपचारका लागि छुट्याइएको उनले जानकारी दिईन् ।

यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १४० शय्यामा एक सङ्क्रमितको उपचार भइरहेको छ । स्थानीय तहअन्तर्गत भरतपुर महानगरपालिकाले शिवनगरमा सञ्चालन गरेको कोभिड अस्पतालमा ३० शय्या भए पनि हाल सङ्क्रमित छैनन् । माडी नगरपालिकाको १० शय्याको आइसोलेशनमा एक, रत्ननगर नगरपालिकाको आठ शय्या, राप्ती, खैरहनी नगरपालिकामा सङ्क्रमित शून्य रहेको उनले बताईन् । यस्तै कालिका नगरपालिकामा १२ शय्याको आइसोलेशनमा दुई बिरामीको उपचार भइरहेको छ । इच्छाकामना गाउँपालिकाको २५ शय्याको अस्पतालमा शून्य सङ्क्रमित छन् ।

जिल्लामा हाल सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या ६८५ र छन् । जसमध्ये अस्पतालमा ३० सङ्क्रमित छन् । छ सय ५५ जना होम आइसोलेशनमा छन् । हालसम्म २५ हजार ३८१ कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये २४ हजार २८९ सङ्क्रमण भुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण ४०७ को मृत्यु भएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे