६ माघ २०७८, बिहीबार

Jan 20, 2022

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४०.२६ अङ्कले घटेर दुई हजार ८८९.०३ मा झरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भएको छ । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहेको छ ।

Advertisement

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ २०.७४, व्यापार २७.२१, होटल तथा पर्यटन ७९.५३, विकास बैंक ११६.९१, जलविद्युत् ७२.८१, वित्त ८६.७२, निर्जीवन बीमा २७२.९१, उत्पादन ७३.७९, अन्य २१ं१६, लघुवित्त ५२.१९, जीवन बीमा १७५.३, सामूहिक लगानी कोष ०.०५ र लगानी १.८८ विन्दुले ओरालो लागे ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २२ करोड १४ लाख ७० हजार ७५६ बराबरको कारोबार भयो । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स रु १७ करोड दुई लाख सात हजार ११०, आइसिएसफसी फाइनान्स रु १५ करोड ३८ लाख १३ हजार १४६, रैराङ हाइड्रोपावर रु १४ करोड २८ लाख ४९ हजार २४५ र नेशनल हाइड्रोपावर रु १३ करोड २० लाख ९५ हजार ७४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ८.२३, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६७, छ्याङ्दी हाइड्रोपावर ४.०८, ग्लोबल आइएमई समुन्नत स्किम एक २ र माउण्टेन इनर्जी नेपालका लगानीकर्ताले १।९७ प्रतिशतले कमाए । एनआइबिएल समृद्धि फण्ड एक ६.८८, हिमालयन ऊर्जा विकास कम्पनी ५.८३, गुर्खाज फाइनान्स ५.४१, रुरु जलविद्युत् परियोजना ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

कोरोना संक्रमणको ग्राफ बढ्दो, स्वास्थ्य मापदण्डको छैन पालना सोमपाललाई बाहिर राख्दै नेपाली टिम घोषणा भारतमा एकै दिन ३ लाख १७ हजार कोभिड संक्रमित समाजवादी स्वरोजगार टोम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बाग बहादुर बुढा दक्षिण अफ्रिकामा सिंह र बिरालोमा पनि देखियो कोभिड जाडो छल्न तापेको आगो शरीरमा सल्किदा वृद्धाको मृत्यु प्रचण्डको प्रस्तावमा एमाले महासचिवको व्यंग्य वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते वडाध्यक्षमाथि कालोमोसो दलियो