११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

Advertisement

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली शर्मा ओलीले वर्तमान सरकारले केहि गर्न नसक्ने बताए । उनले गठबन्धनको सरकारले जनताका लागि कुनैपनि काम गर्न नसकेको बताउँदै बुख्याँचाको संज्ञा दिए । उनले भने ‘यो सरकार बुख्याँचा होकि सरकार ?, बुख्याँचाले बरु चरा धपाउँछ तर, यो सरकारले त त्यहीपनि सक्दैन ।

आज मध्यरातबाट नै थाहा हुन्छ सरकारको हैसियत । भोलिदेखि यो सरकारले बजेट खर्च गर्न पाउँदैन ।’ वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्दै ल्याएको प्रतिस्थापन बजेट पास गर्ने समय आज मध्यरातदेखि सकिनेहुँदा भोलिदेखि नै सरकार बेखर्चि हुने उल्लेख गरे । यो सरकार गम्भीर संकटमा फस्न सक्ने बताउँदै उनले आफ्नै कारण संकटमा फसेको उल्लेख गरे । यसैगरी अध्यक्ष ओलीले एमाले फुटाउन माधव नेपाल लगाएतले खेलेको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले भने ‘माधव नेपालले हामी सरकारमा हुँदा हामीले गरेका राम्रा काम कहिल्यै देखेनन् ।

पार्टी फुटाउन उनै लाग्ने अझै प्रचण्डसँग मिलेर सडकमा गएर मलाई र विष्णु पौडेललाई साधारण सदस्यबाट पनि निकाल्न भन्ने ?’ भेलामा उपस्थित कार्यकर्ताहरुलाई आश्वासन दिँदै भने ‘तपाइँहरु ढुक्क हुनुस्, एमाले फुटेको होइन,चुइँटिएको हो । पिलो निचोरिएको हो । पार्टी सुदृढिकरणमा लाग्नुहोस् ।’ नेता कार्यकर्ताहरु विजयी यात्राको तयारी गर्न आह्वान गर्दै उनले फेरी एमालेको पालो आउने बताए ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

एमाले विधान महाधिवेशनको तयारी पूरा कांग्रेसको स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि नेपाल-भारत सीमा बन्द हुँदा पर्यटन क्षेत्र मारमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज पर्वतीय पर्यटनको प्रवर्द्धनमा पर्वतारोहण संघको सहयोग महत्वपूर्णः प्रधानमन्त्री देउवा तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुन्छ : नेता लेखक समावेशी विकासमा विश्व बैंकको जोड सम्झँदा कहाली लाग्ने १४ जनाले दर्दनाक ज्यान गुमाएका ७ घटना बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी पुन: आन्दोलनमा रुपन्देहीका पर्यटन व्यवसायीद्वारा २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी