ताजा अपडेट »

स्व. पत्रकार चौहानको महासंघको झण्डा ओढाएर अन्त्येष्टि

बुधबार, ३० भदौ २०७८, १३ : ४३
8 Shares

भैरहवा । लुम्बिनीमा रहेर पत्रकारीता गर्दै आएका पत्रकार बिन्दु कुमार चौहानको पत्रकार महासंघको झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । पत्रकार चौहानको उपचारको क्रममा गए राती भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा मृत्यु भएको थियो । उनलाई जेठा छोरा अमित कुमार चौहानले दागबत्ती दिएका थिए ।

अन्तिम संस्कारमा नेपाल पत्रकार महासंघ रुपन्देही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, प्रेस संगठन रुपन्देही, लुम्बिनी प्रेस क्लब लगायत अग्रज पत्रकार एवम समाजसेवीहरुको उपस्थिति रहेको थियो । साथै अन्तिम संस्कारमा सहभागी हुन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्दिन खाँन, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन सिंह चौधरी, नेकपा माओवादी (केन्द्र) स्थायी कमिटी सदस्य एवम पूर्व कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव) लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ लुम्बिनीका सदस्य समेत रहेका चौहानले लुम्बिनी क्षेत्रमा रहेर २ दशक अघिदेखी पत्रकारिता गर्दै आएका थिए । चौहानलाई निमोनिया देखिएपछि परिवारले तौलिहवा अस्पतालमा भर्ना गराएका थिए । तौलिहवामा उपचार हुन नसकेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल हुदै मेडिकल कलेज पु¥याईएको थियो । ४९ वर्षीय चौहानका श्रीमती, ४ छोरा र ३ छोरी छन् । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थायी बासिन्दा थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।