ताजा अपडेट »

नेपालमा पहिलोपटक आइपुग्याे निजी क्षेत्रको कार्गो रेल

बुधबार, ३० भदौ २०७८, १२ : ४९
6 Shares

काठमाडौं । नेपालमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आएको छ । 

नेपाल–भारत रेल्वे सम्झौता भएको १७ वर्षपछि बुधबार बिहान १० बजे हिन्द टर्मिनल प्रालिको भारतीय रेल वीरगञ्ज सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। 

यसअघि, नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो । नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।