ताजा अपडेट »

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउँदै

बुधबार, ३० भदौ २०७८, ११ : १३
4 Shares

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रुपन्देहीका अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउँदै छन्।

बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी लगायतका नेताहरुले सम्बोन्धन गर्ने चापागाईंले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।