३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु हुँदैछ ।  कोरोना महामारीका कारण साढे तीन महिना धकेलिएको जनगणनाको प्रक्रिया सुरु भएको हो ।

Advertisement

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आजदेखि १८ असोजसम्म घर तथा घरपरिवार सूचीकरणको काम हुनेछ । २७ र २९८ भदौमा तालिम प्राप्त गरेका ८ हजार ५ सय सुपरिवेक्षक सूचीकरणमा खटिने छन् ।  सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले ७७ वटै जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुने जानकारी दिए । सूचीकरणमा व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत गणना गरिनेछ । मूल जनगणना भने ५ कात्तिकदेखि ९  मंसिरसम्म हुनेछ ।  मूल जनगणनमा ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन्  । 

यसअघि  १६ वैशाखमा सुपरिवेक्षक तालिम सुरु गर्ने, २६ देखि घरपरिवार सूचीकरण, १७ जेठबाट गणक तालिम, २५ जेठबाठ मूल गणना कार्य थाल्ने कार्यक्रम थियो । तर, कोरोनाका कारण स्थगित जनगणना फेरि सुरु भएको हो ।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०-१० मा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो । जसलाई ‘जनगणना २००९/११’ भनिन्छ ।  राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ । हाल जनसंख्या बढेर ३ करोड ४६ हजार पुगेको अनुमान छ ।

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक