ताजा अपडेट »

लुम्बिनीका पूर्व मुख्यमन्त्री पोखरेलसहित ४ जना विरुद्ध अपहरण र बन्धक सम्बन्धी जाहेरी

मंगलबार, २९ भदौ २०७८, २१ : ३१
14 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जना विरुद्ध अपहरण र शरीर बन्धकको किटानी जाहेरी परेको छ । प्रदेश सांसद बिमला खत्री ओलीले मुख्यमन्त्री पोखरेल ,एमाले सचेतक भूमिश्वर ढकाल,दाङ्गका एमाले नेता मानबहादुर राउत र पोखरेलका तत्कालिन सचिवालयका तिरण गौतम विरुद्ध किटानी जाहेरी दिँदै कारवाहीको माग गरेकी छन् ।

ओलीले सोमबार साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी हुन्। उनले जाहेरी रुपन्देहीमा दिएपनि रुपन्देही प्रहरीले घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमा दर्ता गर्न पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले मुद्दा दर्ताबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको बताए । उनले आधिकारीक रुपमा बुझेर मात्रै प्रतिक्रिया दिने उल्लेख गरे ।

वलीले साउन २१ गते बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपचारको लागि जाने तयारी गरेको बेला साउन १५ गतेको दिन नेकपा एमालेका प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत लगाएतले नेपालगञ्ज पुयाईदिन्छौं भन्दै सिधै मुख्यमन्त्री कार्यालयमा पुर्याई ५ दिनसम्म बन्धक बनाएको बताएकी थिईन् । उनले मुख्यमन्त्री निवासमा उनलाई श्रीमानको प्रशंगहरु जोडि बारम्बार मानसिक रुपमा दिईएको बताउँदै आफूलाई विज्ञप्ती तथा अन्य केही माइन्यूटमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताएकी थिईन् ।

सांसद बिमला कुमारी खत्री ओली तत्कालिन एमाले नेता तथा लुम्बिनी प्रदेशका सांसद उत्तरकुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनबाट विजयी सांसद् हुन् । माओवादी र एमाले नेकपाबीचको एकतामा विवाद भएपछि उनी कहिले माओवादी ,कहिले एमालेमा भन्दै विवादित बनेकी थिइन् । अल्पमतमा परेका एमाले नेता,लुम्बिनीका शंकर पोखरेललाई अन्ततः सत्ताच्यूत गर्न विशेष भूमिका निर्वाह गर्दै माओवादी पार्टीमै लागेकी हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।