ताजा अपडेट »

दृष्टिविहीनलाई ५ दिने बाख्रापालन तालिम

मंगलबार, २९ भदौ २०७८, १९ : ४०
6 Shares

बुटवल । नेपाल नेत्रहिन संघको केन्द्रीय कार्यालय काठमाडौंको आयोजना रुपन्देशी शाखाको व्यवस्थापनमा ५ दिने दृष्टिविहिनता भएका व्यक्ति तथा परिवाहरुको लागि ५ दिने व्यवसायिक बाख्रापालन तालिम सुरु भएको छ । नेपाल नेत्रहिन संघको केन्द्रीय कार्यालयको समन्वयमा सेलेमन सेन्टर फर कोरिया द ब्लाईन्ड को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । मंगलबार रुपन्देही नेत्रहिन संघको कार्यालय तामनगरमा एक औपचारिक कार्यक्रम गरी तालिमको शुभारम्भ गरिएको छ ।

रुपन्देहीका ७ वटा पालिकाका २० जना दृष्टिविहिनता भएका व्यक्ति तथा तीनका परिवारहरुको सहभागीता रहेको छ । ७ पालिकाका २० जना दृष्टिविहिन भएका व्यक्ति तथा तिनका परिवाहरुको लागि बाख्रा खरिद गर्नको लागि रकम प्रदान गरिएको र बाख्रा खरिद पश्चातको तालिम आयोजना गरिएको हो ।

रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका १२ का अध्यक्ष दुर्गा सुवेदीको प्रमुख आतिथ्यता तथा नेपाल नेत्रहिन संघ केन्द्रीय कार्यक्रम निर्देशक नरबहादुर लिम्बुको विशिष्ट आतिथ्यता रहेको थियो । नेपाल नेत्रहिन रुपन्देही श्रवण दृष्टिविहिन परियोजनाका प्रशिक्षक टिकाराम पौडेलको सञ्चालन रहेको कार्यक्रममा सल्लाहकार लोकबहादुर नेपाली, केन्द्रीय कार्यालय कार्यक्रम अधिकृत शोभा न्यौपाने, प्रशिक्षक विष्णु रिमाल, सुमन भट्टाराई लगायतले आआफ्नो भनाई राखेका थिए ।

परियोजना अनुसार २० जनालाई बाख्रा खरिदका लागि प्रति परिवार २० हजार हजार प्रदान गरिएको छ । यस्तै तालिम पश्चात बाख्रा पोषणाका थप ३ बोरा दाना समेत प्रदान गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।