ताजा अपडेट »

एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

मंगलबार, २९ भदौ २०७८, १५ : ५७
8 Shares

काठमाडौँ । सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टले नेकपा (एकिकृत समाजवादी)रोजे कुनै कारबाही नगर्न अन्तरिम आदेश गरेको छ।

निर्वाचन आयोगले उनीहरूलाई समाजवादीको सांसद कायम गर्न मानेको थिएन। त्यसविरूद्ध उनीहरूले सर्वोच्च अदालतमा दिएको रिटमाथि न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासले समाजवादीमा आवद्ध हुन दिन अन्तरिम आदेश दिएको हो। उनीहरू दुबैले आफूमाथि एमालेले दलत्यागको कारबाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न पनि माग गरेका थिए।

सर्वोच्चले भने उनीहरू दुवैलाई एकिकृत समाजवादीमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै कामकारवाही नगर्न नगराउनु भनि अन्तिम आदेश जारी गरेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।