ताजा अपडेट »

लुम्बिनी प्रदेशसभाको भोलिका लागि बोलाइएको बैठक स्थगित

मंगलबार, २९ भदौ २०७८, १४ : १९
4 Shares

बुटवल । लुम्बिनी प्रदेशसभाको भोलि बस्ने भनिएको बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशससभा सचिवालयले एक सूचना जारी गर्दै प्रदेश सभाको बैठक भदौ ३१ गते दिउँसो १ बजे बस्ने गरि स्थगित भएको जनाएको छ ।

“भाद्र ३० गते बुधबार दिनको १ बजे बस्ने गरी पूर्व सूचना अनुसार निर्धारित नवौं अधिवेशनको पाँचौं बैठक माननीय सभामुखज्यूको निर्देशानुसार मिति २०७८ साल भाद्र ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने गरी तय भएको व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीको लागि अनुरोध छ, विज्ञप्तिमा उल्लेख छ । एमालेले मन्त्री अजय शाही र बिमला कुमारी वलीलाई सांसद पदबाट हटाउन माग गर्दै भदौ १ गतेदेखि नै सदन अवरुद्ध तथा बहिष्कार गर्दै आएको छ ।

एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले अध्यक्ष केपी शर्मा ओली भोलि बुटवल आउने कार्यक्रम रहेकाको सत्तारूढ दलका सचेतकहरूलाई जानकारी गराएका थिए । कांग्रेस प्रमुख सचेतक फखरूद्दिन खानले एमालेको विशेष कार्यक्रम भएकाले बुधबारको बैठक सार्ने सहमति भएको जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।