ताजा अपडेट »

विनियोजन विधेयक स्वीकृत

मंगलबार, २९ भदौ २०७८, १३ : ५९
4 Shares

काठमाडौं । प्रतिनिधिसभा संसदको मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधयेकमाथि विचार गरियोस भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने पनि सभामुख सापकोटाले बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध जनाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।