ताजा अपडेट »

रुपन्देहीमा सम्पत्तिका कारण आमा-बुबाद्वारा ८ महिने शिशुको हत्या

मंगलबार, २९ भदौ २०७८, १३ : ०७
2 Shares

बुटवल । रुपन्देहीमा सम्पत्ति कारण आमा–बाबुले ८ महिने शिशुको हत्या गरेको खुलेको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार आफ्नै घरमा ८ महिने शिशु सुरज मल्लाहाको मृत अवस्थामा भेटिएका थिए ।

मृतक शिशुको घरमा जाग्गा सम्बन्धी बिबाद कारण दैनिक कलह झै झगडा हुने गरि रहेको थियो । सोही कारणले आफ्नै घरको छतमा दुधे ८ महिनाको नावालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए । ‘मृतकको परिवारमा जग्गा सम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको छ ।’–प्रवक्ता थापाले भने ।

शिशुको हत्या भएकोे आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको र बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।

मृतक शिशुका आमा–बुबाले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबाले प्रहरी समक्षा हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।