ताजा अपडेट »

रुपन्देहीमा चट्याङबाट मृत्यु भएका यादबकाे क्रिया खर्च मर्चवारी उपाध्यक्षले बेहाेर्ने

मंगलबार, २९ भदौ २०७८, १० : ५४
7 Shares

बुटवल ।रुपन्देहीमा यहि भदौ २४ गते चट्याङबाट मृत्यु भएका मर्चवारी गाउँपालिका ३ का श्यामसुन्दर यादवको सम्पूर्ण क्रिया खर्च पालिका उपाध्यक्ष सुनिता कलवारले दिने भएकी छन्। पीडामा परेको उक्त घरपरिवारलाई सहयोगको भावनाले सम्पूर्ण क्रिया खर्च आफूले उपलब्ध गराउने उपाध्यक्ष गाउँपालिका उपाध्यक्ष कलवारले घोषणा गरेकी हुन।

सामाजिक सञ्जाल फेसबुक मार्फत उपाध्यक्ष कलवारले मृतकको क्रिया खर्चका लागि परिवारलाई सम्पूर्ण खर्च दिने घोषणा गरेकी छन्। यादव परिवारमाथि परेको पीडा आर्थिक सहयोगले टार्न नसकिने भए पनि केही हदसम्म सहयोग हुने उनको भनाइ छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।