१० माघ २०७८, सोमबार

Jan 24, 2022

बुटवल। पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।


मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा मृत्यु भएको थियो।दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

२३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूकाे पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे