१४ माघ २०७९, शनिबार

Jan 28, 2023

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको छ ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका -९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।” प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ९ जना बढी भिडका कारण घाइते, कार्यक्रम स्थगित पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ