ताजा अपडेट »

गैडाकोटमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

मंगलबार, २९ भदौ २०७८, ०९ : १०
4 Shares

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुदा तिन जनाको मृत्यु भएको छ । बिहान करिव ४ बजे काकँडभित्ता देखि महेन्द्रनगर तर्फ जादैँ गरेको सु.प्र.-०२-००१  ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिए । मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताए ।

दुर्घटनामा बस सडक देखि अं.१० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित  २७ जना घाँईते भएका थिए । उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए ।उनको अनुसार घाइते मध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनिहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।