ताजा अपडेट »

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै

मंगलबार, २९ भदौ २०७८, ०७ : ३६
16 Shares
मंगलबार, २९ भदौ २०७८
16 Shares

काठमाण्डाै । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । ओमान लिग–२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

नेपालले ५ खेलमा ६ अङ्क जोडेको छ भने छैटौं स्थानमा रहेको छ । लिग–२ अन्तर्गत घरेलु मैदानमा नेपालले ओमानसँग दुई खेल खेलेकोमा पराजित भएको थियो । लिग-२ विश्वकप छनाेटमा एक टाेलीले ९ श्रृङ्खलासहित ३६ खेल खेल्नेछ ।शीर्ष तीन देश सन् २०२३ काे जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनाेटमा पुग्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।