ताजा अपडेट »

एक्लिँदै गएका प्रचण्डले अन्तिममा रुने मान्छे पनि पाउने छैनन् : नेता बस्नेत

सोमबार, २८ भदौ २०७८, २० : ४३
8 Shares

बुटवल । नेकपा एमालेका युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्डले अन्तिममा रुने मान्छे पनि नपाउने टिप्पणी गरेका छन् । नेता बस्नेतले नेकपा माओवादी अध्यक्ष प्रचण्ड एक्लिदै गएको बताए ।

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका अभिब्यक्ती आफू एक्लिएको विश्लेष सही भएको उनले उल्लेख गरे । ‘प्रचण्डले जिवनको अन्तिम क्षणमा पुग्दा रुने मान्छे पनि नपाउने अवस्थामा पुगेका छन् ।’–युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले भने ‘यो हामीले होईन प्रचण्ड आफैले एक्लिएको महसुस गरि सकेका छन्, उनले गरेको विश्लेषण सहि छ ।’

युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका नेता बस्नेतले प्रतिनिधिसभालाई बुढो गाईको संज्ञा दिएका छन् । संसदले सभामुख अग्निप्रसाद खरेलले कुनै काम नलाग्ने अवस्थामा पुर्याएको टिप्पणी गर्दै उनले बुढो गाईंको संज्ञा दिएका हुन् । गाई बुढो भयो भने दुध दिन नसक्ने र कुनै प्रयोजनमा ल्याउन पनि नसकिने बताउँदै उनले सभामुखकै कारण प्रतिनिधिसभाको हातल पनि उस्तै भएको उल्लेख गरे ।

सभामुख अग्नी प्रसाद सापकोटाले पदिय मर्यादा भुलेर माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालको मुख बनेको उनको आरोप छ । ‘सभामुख सापकोटा प्रतिनिधी सभाका सदस्यहरुको प्रतिनिधी सभाको मुख बन्नु पथ्र्यो तर प्रचण्ड र नेपालको मुख बन्नु भयो ।’–बस्नेतले भने ‘यही अवस्था कायम रहे प्रतिनिधी सभा चल्न नसक्ने अवस्थामा पुग्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।