ताजा अपडेट »

लायन्स क्लव अफ बुटवल स्टार्समा पदस्थापना

सोमबार, २८ भदौ २०७८, २० : ३९
4 Shares

बुटवल । लायन्स क्लव अफ बुटवल स्टार्सको अवार्ड सेरोमनि, पदस्तथापना तथा चार्डर नाईट, डाईरेक्ट्रिी विमोचन कार्यक्रम गरिएको छ । नयाँ वर्ष २०२१/०२२ का लागि चयन भएका अन्जिल खान नेतृत्वको समूहलाई अघिल्लो वर्षका सुशिल पाण्डको नेतृत्वको टिमले पदस्थापना गरेको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्वल इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका गर्भनर राम प्रसाद भट्टले स्टार्सको सक्रियता र छोटो समयमा अनुकरणीय कार्यहरु गरेको भन्दै प्रसंशा गरेका थिए । उनले लायन्सको सिद्धान्त अनुरुप चलिरहेको बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ बि २ का सेकेण्ड भि. डि. जि. नवराज न्यौपाने, पि. डि. जि. हरु महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा तथा डिष्ट्रिकका विभिन्न पदाधिकारीहरु विभिन्न क्लबका अध्यक्षहरु लगाएतले शुभकामना मन्तव्य गरेको थिए ।

त्यस्तै कार्यक्रममा अभिनास अनाथ आश्रम कोटिहवामा रहेका २५ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य विमालेख अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली लाई राम प्रसाद भट्ट र क्लवका अध्यक्ष अन्जिल खानले हस्तान्तरण गरेको थिए । चार्डर नाईट कार्यक्रममा लाईभ म्यूजिक, पूर्व अध्यक्षहरु सन्दिप कसौधन, आशिष कृष्ण श्रेष्ठ, एमएल पाण्डे, दिपक भट्टराई, सुशिल पाण्डे, नृत्य प्रस्तुती गरेका थिए ।

त्यस्तै २०१९/०२० मा सामाजिक कार्यमा संयोजक लिई सहयोग गर्ने सदस्यहरुलाई निर्वमान अध्यक्ष सुशिल पाण्डेले मायाँको चिनो प्रदान गरेका थिए भने कार्यक्रमलाई सव्यभव्य बनाउन प्रथम उपाध्यक्ष विजय कुमार बर्णवाल को संयोजकमा होटल तथा हल व्यवस्थापन द्वितिय उपाध्यक्ष भुपेन्द्र अर्यालको संयोजकमा डे«स र तृतिय उपाध्यक्ष विश्वजित कसौधनको संयोजकमा क्लवको पहिचान डाईरेक्ट्री संयोजन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।