३० श्रावण २०७९, सोमबार

Aug 15, 2022

गुल्मी । भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो साधारण सभाले पाण्डेयको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा रामचन्द्र पन्थी सचिव कृष्णप्रसाद पोखरेल, कोषाध्यक्ष हिरा कुँवर, सह–सचिव अनिल खत्री लगायत १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । पाण्डेलाई दोस्रो कार्यकालको लागि अध्यक्ष चयन गरिएको छ ।

साधारण सभाले अध्यक्ष पदमप्रसाद पाण्डे र कोषाध्यक्ष कृष्णप्रसाद पोखरेलद्धारा पस्तुत प्रतिबेदन पारित गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्टाचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले यस जिल्लामा पनि भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था गठन भएको थियो ।

भ्रष्टाचार विरुद्ध क्रियाशील संघसंस्थाहरूको बीचमा समन्वय गर्दै नागरिक समाजको सक्रियतामा सार्वजनिक विकास निर्माण तथा सेवाप्रवाहमा भ्रष्टाचार भए नभएको विषयमा निगरानी गरी निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू मार्फत भ्रष्टाचार नियन्त्रणको अभियानमा प्रभावकारीता ल्याउनका लागि जिल्लामा ०७५ साल फागुन ३ गते तदर्थ समिति गठन भएको थियो । संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

५ लाख बढी प्रतिस्पर्धी रहेको ड्रिम टोयोटा कार आर्ट प्रतियोगितामा नेपालबाट बुटवलकी निकिता बनिन् उत्कृष्ट विभिन्न स्थानमा अवैध लागूऔषधसहित पाँच जना पक्राउ सुनको मूल्य ४०० रुपैयाँ घट्यो लुम्बिनी सरकारको आम्दानीः तलब भत्ता समेत पुग्दैन, कर्मचारी पाल्न ‘अरुको भर’ फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी शुद्धोधन ३ मा सुकुम्बासी जग्गा नापजाँच सुरु २४ वर्षीया पुष्पा बुढाथोकी १ महिनादेखि सम्पर्कबिहीन भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु: माेदी साउनको अन्तिम सोमबार देवघाटमा भक्तजनको घुइँचो (फाेटाेफिचर) राप्रपा नेपालको केन्द्रिय समिती बैठक शुरु, प्रतिवेदनहरु प्रस्तुत हुदैँ कम्युनिष्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री चौधरी मध्य भोटेकोशी जलविद्युत अझै १ करोड ५४ लाख रुपैयाँ नोक्सानमा श्रावणको अन्तिम सोमबार : शिवालयमा भक्तजनको भीड रुस्दीमाथि छुरा प्रहारः चुकिल लगाएर कोठाभित्रै बस्छन् आक्रमणकारीका बाबु कमल थापाले गरे राष्ट्रपति भण्डारीको निर्णयलाई स्वागत माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट बिकास गुरुङ घाइते नागरिकता विधेयक : यस्तो छ अबको संसदीय प्रक्रिया बुटवलको सडकको अवस्थाः जनसरोकारको बिषय