ताजा अपडेट »

औषधी व्यवसायी संघको स्थापना दिवसमा व्यवसायीक हित कोष सम्मान कार्यक्रम

सोमबार, २८ भदौ २०७८, १५ : ५९
4 Shares

बुटवल । नेपाल औषधी व्यवसाय संघ रुपन्देही शाखाले आफनो तेस्रो स्थापना दिवसको अवसरमा व्यवसायी सम्मान तथा औषधी हतान्तरण गरि मनाईएको छ ।

सोमबार एक कार्यक्रमका बिच नेपाल औषधी ब्यसायी संघ केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, जिल्ला अध्यक्ष सुरज भट्टराई, प्रदेश अध्यक्ष शिव ज्ञवालीले परोपकार दान विभाग शाखा बुटवलका उपप्रधान सेवक राजकुमार श्रेष्ठ, सचिव मदन कुमार श्रेष्ठलाइ २० हजार बराबारको ४० प्रकारका औषधी बितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

स्थापना दिवसको अवसरमा बुटवलमा स्वस्थ्य सेवा र संघको विकासमा योगदान दिएका यति मेडिकल हलका संचालक केशव घिमिरेलाई सम्मान पत्र र दोसल्लाबाट सम्मान गरिएको अध्यक्ष सुरज भट्टराईले बताए । यसैगरि संघको ब्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको १५ लाख रुपैयाको ब्यवसायिक हित कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मानबाट सम्मान गरिएको थियो ।

ब्यवसायिहरुलाई अत्यान्त जिर्ण रोग, भैपरी आउने घटना÷दुर्घटना लगायतको बेला समेत कोषको ब्याज रकमबाट सहयोग गरिने उनले बताए । संघबाट औषधीको सहज आपूर्तिमा ध्यान दिदै सामाजिक उत्तरदायित्वमा अग्रसर हुदै कार्यकालमा नमुना कामहरु गरेको अध्यक्ष सुरज भट्टराईले बताए । सम्मानित ब्यवसायी केशव घिमिरेले छोटोसमयमा नेपालमा औषधी ब्यवसायमा ठुलो फड्को मारेको भन्दै यसलाई ब्यवस्थित गर्दै लैजान जरुरी रहेको बताए ।

नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय खुद्रा उपाध्यक्ष राम प्रसाद खरेल, प्रदेश अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार डा। रोहित राज क्षेत्री, लोकहरि श्रेष्ठ, सल्लाहकार अमृत सुवेदी, प्रभा भण्डारी, संघका जिल्ला उपाध्यक्ष खड्ग बस्नेत, महासचिव पुरुषोत्तम भट्टराई, संघका कृष्ण प्रसाद भट्टराई, कपिल ज्ञवाली, नरेश सेढाईले ब्यवसायिक हितमा नेतृत्वबाट भएको कामलाई सबैको सहयोग जरुरी रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।