ताजा अपडेट »

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीका स्वकीय सचिव बिक विवादमा

सोमबार, २८ भदौ २०७८, ११ : २०
8 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव सुजित बिक विवादित बनेका छन् । १२ वर्ष अगाडि हत्या अभियोगमा अदालतद्वारा दोषी ठहर भई जेल सजाय भोगेका उनी हालै मुख्यमन्त्रीका स्वकीय सचिव नियुक्त भएका हुन् । १२ वर्ष अघि बुटवलका प्रचण्ड थैवको हत्या अभियोगमा १० वर्ष जेल सजाय पूरा गरेका बिक स्वकीय सचिवमा नियुक्त भएपछि लुम्बिनी सरकारप्रति नैतिकताको प्रश्न उठेको छ।

यता स्वर्गीय थैबको परिवारले असन्तुष्टि जनाउँदै उनको राजनीनामा माग गरेका छन् । थैव परिवारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी हत्यामा दोषी ठहर भई अदाललबाट सजाय तोकेअनुसार कारवाहीमा परेका तत्कालिन ‘हत्यारा’ लाई मुख्यमन्त्री जस्तो उच्च र साझा व्यक्तिले स्वकिय सचिव नैतिकता विरुद्ध भएको भन्दै उनको राजनीमाको माग गरेका हुन्।

बिक वि.सं. २०६५ साल चैत्र १३ गते बुटवलको चाँदबारी नजिक प्रचण्ड थैबलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका थिए। मोटरसाइकलमा सवार रहेको अवस्थामा गोली प्रहारबाट मृत्यु भएका थैवको हत्या अभियोगमा बिक १० वर्ष जेल जीवन भोगेका थिए । हाल, उनी लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको स्वकीय सचिवको रुपमा रहेका छन् ।

थैबकी आमा सुकन्या थैवले जेल जीवन बिताएको हत्यारालाई मुख्यमन्त्रीले स्वकीय सचिव बनाएको भन्दै आपत्ति व्यक्त गरिन् । उनले छोरा मारिएको १३ वर्षसम्म पछि फेरी अपराधीलाई स्वकीय सचिव बनाएर आलो घाउँमा नुन चुक छर्किदिएको बताइन् । 'छोरा मारिएको १३ वर्षसम्म जसोतसो कटाएका थियौं, फेरी पनि आज १३ वर्ष जेलमा बसको उपराधीलाई यही बुटवलमा आएर मुख्यमन्त्रीले स्वकीय सचिवमा नियुक्त गर्नुभो।' उनले रुदैँ भनिन्- '२०६५ सालमा परिवारलाई लागेको दुःख फेरी दोहोरिएर आउँदा ज्यादैँ दु:ख लागेको छ।’

उनले हत्यारालाई स्वकीय सचिव बनाउँदा पनि कसैले पनि विरोध नगरेको भन्दै प्रश्न गरिन् । उनले भनिन्,- 'मुख्यमन्त्रीले हत्यारालाई स्वकीय सचिव पदमा राख्दा कसलेै विरोध गरेनन्, के कारण होला लाग्यो ?' उनले थपिन्- 'चोट त हाम्रो परिवारलाई लाग्यो अरुलाई के पो लाग्थ्यो र !'

उनले मुख्यमन्त्रीले हत्यारालाई स्वकीय सचिव बनाउनु लुम्बिनी प्रदेशको प्रतिष्ठा पनि दाग लागेको बताइन् । उनले एमालेले पनि कुनै विरोध नगर्नु पीडादायी भएको विचार व्यक्त गरिन् । उनले सुजित बि.क.ले सजाय भोँगेपछि उनको जीवन स्वतन्त्र रुपमा जिउन पाउने अधिकार रहेको भन्दै यहाँबाट राजीनमा दिएर अन्यत्र जान सुझाइन् ।

थैबकी दिदी सुष्मा श्रेष्ठले हत्यारालाई स्वकीय सचिव बनाउनु दुःखद रहेको बताइन्। उनले हत्याकाण्ड सबैलाई थाहा हुँदाहुँदै पनि बुटवलमा फेरी आएर मुख्यमन्त्रीको स्वकीय सचिव बन्नु आफूलाई जिस्काएको जस्तो लागेको बताइन् । ‘बुटवलमा नआएर अन्तै गएर बसे आफूहरुको दुःख भुल्न सजिलो हुने थियो।’- उनले भनिन् ।

थैवकी श्रीमती लक्ष्मी श्रेष्ठले १३ वर्ष जेल बसेकोलाई मुख्यमन्त्रीले स्वकीय सचिव बनाउनु लाजमर्दो भएको बताउँदै सुजित विकले बुटवलमा मुख देखाएर हिड्दा लाज लागेन् भन्दै प्रतिपश्न गरिन् । '१३ वर्ष जेल बसेको आएको हत्यारा फेरी बुटवलमा आएर मुख देखाएर हिड्दा लाजसरम लाग्दैन्।' उनले रुदैँ भनिन्, -'उसले १३ वर्ष अगाडिको कुरा सोचेन ।' उनले फेरी बुटवलमा आउनु आफ्नो परिवारमाथि झन खतरा बढेको बताइन्। फेरी पनि उसले कसैको हत्या गर्न सक्ने आरोप लगाइन् ।

मुख्यमन्त्री केसीले विगतको कुरा नहेरी स्वकीय सचिव नियुक्ती गर्नु दुर्भाग्य भएको उनको भनाई छ । १३ वर्ष जेल काटेर आएको मान्छे यसरी मुख्यमन्त्रीको स्वकीय सचिव बन्दा दुःख लागेके स्वर्गीय प्रचण्ड थैवका छोरा रागघ थैवले बताउँछन् । तत्काल राजीनामा दिएर अन्त कतै गएर बस्नुपर्ने उनको भनाई छ । उनले जेलबाट छुटेर आएर स्वकीय सचिव पाउनु कारण के हो भन्दै प्रश्न समेत गरे ।

मुख्यमन्त्रीको स्वकीय सचिवमा नियुक्त भएपछि विवादित बनेका बिककी श्रीमती दिपा बिक लुम्बिनी प्रदेश सभामा सदस्य छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।