ताजा अपडेट »

अफगानी महिलाहरू विस्तारै काममा फर्किदै

आइतबार, २७ भदौ २०७८, १४ : २९
2 Shares

काबुल । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरा दिएकी छिन् । कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिदै आएका छन् तर तीन सन्तानकी आमा ३५ वार्षिया रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।

रबियाले भनिन् ,“मलाई परिवार धान्न पैसा चाहिन्छ, घरमा बस्दा दिक्क भएँ अहिले जागिर सुरु गरेपछि खुसी छु।“ विमानस्थलमा कार्यरत ८० महिलाहरू मध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्किएका छन् । तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरै मध्येमा पर्छन् । विमानस्थलमा कार्यरत मध्ये ६ जना महिलाहरू विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षामा थिए। -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।