ताजा अपडेट »

संसद बैठक बस्दै : आज पनि अवरोध गर्ने एमालेको तयारी

आइतबार, २७ भदौ २०७८, ०८ : ०२
12 Shares

काठमाण्डाै। संसद बैठक आज बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएसँगै आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो।शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट पास गरेको थियो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ । त्यस्तै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । त्यसैगरी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । तर आजको बैठकमा पनि अवरोध र नाराबाजी गर्ने प्रतिपक्ष एमालेको तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १४ सांसद्को कारबाही रोकेको भन्दै एमाले असन्तुष्ट छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।