१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

काठमाण्डाै ।अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उहाँले बताउनुभयो ।

केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकामा आज २८ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ । देशका अरु ठाउँमा पनि तुलनात्मक रुपमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ